सशस्त्रलाई इन्सपेक्टर र असई चाहियो
सशस्त्र प्रहरी बल नेपालले अधिकृत तहमा भर्ना खुला गरेको छ । सशस्त्रले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) का लागि नयाँ भर्ना आह्वान गरेको हो ।
सशस्त्र मुख्यालयले आज प्रकाशित गरेको सूचनामा ७१ जना इन्सपेक्टर (साधारण उपसमूह), आठ जना असई (कानुन उपसमूह) र ८३ जना असई माग गरेको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले कात्तिक ६ गतेसम्म आवदेन दिन सक्ने सूचनामा भनिएको छ । सो अवधिमा सशस्त्रको विभिन्न कार्यालयमा पुगेर दरखास्त दिन सक्ने उल्लेख छ ।
टिप्पणीहरू