दशैंको मुखमा पर्यटन बोर्डका कर्मचारी आन्दोलित

दशैंको मुखमा पर्यटन बोर्डका कर्मचारी आन्दोलित

नेपाल पर्यटन बोर्डका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी यूनियन र नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले संयुक्त रुपमा विभिन्न माग अघि सार्दै आजदेखि आन्दोलन शुरु गरेका हुन् ।

आन्दोलनरत कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बन्द गरिएका राजश्व कार्यालय तत्काल सुचारु गर्न, पर्यटन सेवा शुल्कसम्बन्धी विवाद समाधान गर्न माग गरेका छन् । त्यस्तै, बोर्डको चालु आर्थिक वर्ष २०७९–८० को आम्दानी प्रक्षेपण स्वाभाविक, प्राकृतिक, यथार्थपरक र वस्तुपरक हुने गरी बजेट तर्जुमा गर्न पनि उनीहरुको माग छ ।

बोर्डको उद्देश्य अनुकूल विदेशी पर्यटकको आगमन वृद्धि गरी विदेशी मुद्रा भित्र्याई सरकार र पर्यटन व्यवसायीलाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय प्रवर्धनमा बजेट केन्द्रीत गर्न, सरकारले गरेको तलब वृद्धि बोर्डमा पनि लागू गर्न पनि कर्मचारीहरुले माग राखेका छन् ।

आफ्ना माग पूरा नभएसम्म ‘पेन डाउन’ गर्ने आन्दोलित कर्मचारीहरुले बताएका छन् ।

टिप्पणीहरू