रवीन्द्र मिश्रका विश्वासपात्र काँग्रेसमा प्रवेश

रवीन्द्र मिश्रका विश्वासपात्र काँग्रेसमा प्रवेश

रवीन्द्र मिश्र राप्रपामा मिसिएको भोलिपल्ट विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल काँग्रेसतिर लागेका छन् । मिश्रकै निर्वाचन क्षेत्र काठमाडौँ-१ का ढुंगेललाई सोही क्षेत्रका काँग्रेस सांसद प्रकाशमान सिंहले आज पार्टी प्रवेश गराएका हुन् ।

तीन दशक लामो कांग्रेस राजनीति छोडेर ढुंगेल विवेकशीलमा प्रवेश गरि २०७४ सालको प्रदेशसभा निर्वाचनमा काठमाडौ क्षेत्र नं १ ‘ख’ बाट उम्मेदवार बनेका थिए । सो क्षेत्रमा प्रतिनिधिसभातर्फ मिश्र उम्मेदवार थिए । तर, उनीहरु दुवै पराजित भए । मिश्रलाई कांग्रेस नेता सिंहले हराएका हुन् ।

राप्रपा प्रवेश गरेका मिश्र यसपटक पनि काठमाडौँ-१ बाटै चुनाव लड्ने तयारीमा छन् । भोलि पत्रकार सम्मेलन गरि औपचारिकरुपमा उम्मेद्वारी घोषणा गर्ने उनको तयारी छ ।

नेकपा एमालेको साथ लिएर हलोबाट चुनाव जित्ने योजनामा रहेका मिश्रका प्रतिष्पर्धी प्रकाशमान नै हुने करिब निश्चित छ । तर, गत चुनावमा दर्बिलो साथ दिएका ढुंगेल काँग्रेस प्रवेश गरेपछि मिश्रलाई चुनाव जित्न कठिन हुने बताउन थालिएको छ । त्यस्तै, कतिपय नाम चलेका स्वतन्त्र र विवेकशील साझाका नेताले समेत उम्मेद्वारी दिने बताइसकेकाले मिश्रलाई अझै चुनौती थपिने देखिएको छ ।

टिप्पणीहरू