पानी तान्दा करेन्ट लागेर प्रणान्त
रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फतुवाविजयपुर नगरपालिका-५ डुमरियाका ५० वर्षीया जशोधिया देवीको हिजो दिउँसो करेन्ट लागेर ज्यान गएको हो ।
उनी आफ्नै घर नजिकै खेतमा मोटरबाट पानी तान्ने क्रममा विद्युतको तार सर्ट भइ करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । लगत्तै उपचारका निम्ति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
टिप्पणीहरू