शीतल निवासमा राजदूत, सिंहदरबारमा नेताहरु
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा भेटघाटको निम्ति पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको टोली हिजो दिउँसो पुगेको बताइन्छ ।
अध्यक्ष दाहालसँग अध्यक्षद्वय भट्टराई तथा महेन्द्र राय यादवको दिउँसो साढे १२ बजेदेखि १ बजेसम्म भेटवार्ता भएको हो ।हिजै दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग अमेरिकी राजदूत रेण्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राजदूतले राष्ट्रपति भण्डारीसँग दिउँसो पौने २ बजेदेखि साढे २ बजे बजेसम्म शिष्टाचार भेट गर्नुभएको थियो ।
राजदूत आफ्नो कार्यकाल सकाएर फर्कने क्रममा हिजो शीतल निवास पुग्नुभएको हो । उहाँ यसअघि नै नामिबियाको लागि राजदूतमा नियुक्त हुनुभएको छ ।
टिप्पणीहरू