बारीमा ट्रयाक्टरले बालक किच्यो
बर्दियामा ट्रयाक्टरले किच्दा एक बालकको ज्यान गएको छ । गुलरिया नगरपालिका–९, मथुरामा आज ट्रयाक्टरले ५ वर्षीय उमेश लोधलाई किचेको हो ।
मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले किचेको बताइन्छ । गम्भीर घाइते बालकको उपचारको क्रममा नेपालगञ्जको नर्सिङहोममा निधन भएको हो ।
ट्रयाक्टर चालक फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
टिप्पणीहरू