मधेसका गृहमन्त्री र भारतीय सुरक्षा प्रमुख सङ्गै दिल्लीतिर

मधेसका गृहमन्त्री र भारतीय सुरक्षा प्रमुख सङ्गै दिल्लीतिर

भारतीय सीमा सुरक्षा बलका प्रमुख सुयोग लाल थोयोसेनसहितको ६ सदस्यीय टोली चार दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएको छ । मंगलवार काठमाडौँ आइपुगेको भ्रमण दल नेपाल एअरलाइन्सको आरए-२१७ को उडानमार्फत भर्खरै नयाँ दिल्ली उडेको हो ।

सशस्त्र प्रहरी बल (एपीएफ) र एसएसबीबीचको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन काठमाडौं आइपुगेका हुन् । भ्रमणका क्रममा थोयोसन नेतृत्वको टोलीले उच्चस्तरीय भेटघाट गरेको थियो ।

सोही विमानमा मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहसमेत दिल्ली गएका छन् ।

टिप्पणीहरू