माओवादी केन्द्रीय सदस्यकाे एमाले प्रवेश
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सांसद छक्कबहादुर लामाले नेकपा एमाले रोजेका छन् । लामा अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् ।
बालकोटमा अध्यक्ष ओलीले लामालाई खादा तथा अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको बताइन्छ । लामासहित नाम्खा गाउँपालिकाका निवर्तमान अध्यक्ष विष्णुुबहादुुर लामा पनि एमाले प्रवेश गरेका छन् ।
माओवादीका गाउँपालिका तथा जिल्लास्तरका केही नेता पनि एमाले प्रवेश गरेको बताइएको छ ।
२०७४ को आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी लामा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । त्यतिबेला माओवादीले टिकट नदिएपछि लामा विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी जम्मा ७४ मतको अन्तरले विजयी भएका हुन् । २०४८ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार बनेका लामा त्यतिबेला पनि ४८ मतान्तरले विजयी भएका थिए ।
हुम्लाका माओवादी नेता विजय भण्डारीको समूहका कारण लामा एमाले प्रवेश गरेको जानकारी दिइएको छ ।
टिप्पणीहरू