घाँटी नहेरी हड्डी निल्नेको ज्यान गयो

घाँटी नहेरी हड्डी निल्नेको ज्यान गयो

दसैंमा मासु खाने क्रममा चितवनमा हड्डी अड्किएर एक जनाको ज्यान गएको छ ।

नेपालीमा एउटा उखान छ ‘घाँटी हेरेर हड्डी निल्नु ।’ तर हड्डी अड्किएर कालिका नगरपालिका ८, गैरीबारीका ५० वर्षे धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो । हिजो महाअष्टमीको साँझ मासुभात खाँदा हड्डी अड्किएर उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको हो । स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा क्षेत्रीको मृत्यु भएको बताइएको छ ।

टिप्पणीहरू