टर्कीको फुटबल क्लबले मनायो चिनियाँ राष्ट्रिय दिवस

टर्कीको एउटा फुटबल क्लबले चीनको राष्ट्रिय दिवस धुमधामसँग मनाएको छ । स्थानीय क्लब बेसिक्तासले चीनको ७३ औं राष्ट्रिय दिवस विशेष कार्यक्रमको आयोजना गरेर मनाएको हो ।

राजधानी इस्तानबुलको एउटा रंगशालामा सो अवसरमा अाइतबार साँझ फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । रंगशालाभित्र चीनको राष्ट्रिय दिवसमा बधाईका शव्द लेखिएको डिजिटल ब्यानर राखिएको भिडियोमा देख्न सकिन्छ ।

४० हजारभन्दा बढी दर्शक रहेको रंगशालामा टाँगिएको डिजिटल ब्यानरमा टर्कीस र चिनियाँ भाषा उल्लेख थियो ।

टिप्पणीहरू