थानकोट नजिकै पहिरो, अवरुद्ध सडक एकतर्फी खुल्यो

थानकोट नजिकै पहिरो, अवरुद्ध सडक एकतर्फी खुल्यो

अस्तिदेखिको अविरल वर्षाको कारण थानकोट नजिकै पहिरो गएको छ । नागढुङासँगैको चिसापानी धारा र सिस्नेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

आज बिहान पहिरो पन्छाएकाले सडक एकतर्फी सुचारु भएको बताइएको छ ।

लगातारको वर्षाका कारण मुलुकका धेरै ठाउँमा पहिरो गएको छ । सिद्धार्थ राजमार्गको वालिङमा पनि बाटो अवरुद्ध भएको छ ।

टिप्पणीहरू