मुग्लिन नजिकै सडक अवरुद्ध, थानकोटमा फेरि खस्यो पहिरो
लगातारको वर्षाको कारण जताततै पहिरो गएको छ । पहिरोले सडक अवरुद्ध हुँदा दशैंमा टीका लगाउन हिँडेका र अत्यावश्यक काममा निस्केका यात्रुको बिचल्ली भएको छ ।
त्रिभुवन राजपथको नागढुङ्गा नजिकैको सिस्नेखोलामा फेरि पहिरो गएको छ । पहिरोपछि सडक अवरुद्ध भएको बताइएको छ । सोही स्थानमा आज बिहान पनि पहिरो खसेको थियो । पहिरो पन्छाएर एकतर्फी सवारी सुचारू गरे पनि अहिले पुनः सडक बन्द भएको हो ।
उता चितवनको १८ किलोमा पहिरो खसेको छ । पहिरोका कारण नारायणगढ– मुग्लिन सडकखण्ड अवरुद्ध भएको बताइएको छ ।
सिद्धार्थ राजमार्गको पनि ठाउँ ठाउँमा पहिरो खसेको छ ।
टिप्पणीहरू