काठमाडौं जोड्ने अर्को सडक मार्ग पनि अवरुद्ध

काठमाडौं जोड्ने अर्को सडक मार्ग पनि अवरुद्ध

राजधानी काठमाडौं उपत्यकालाई जोड्ने अर्को सडक मार्ग पनि अवरुद्ध भएको छ । अस्तिदेखिको लगातारको वर्षापछि मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ स्थित घिसिनी खोल्सा नजिकै गएको पहिरोले दक्षिणकाली हुँदै हेटौंडा जाने छोटो मार्गमा सवारी साधन गुड्न सकेका छैनन् ।

हेटौँडाबाट सिस्नेरी हुँदै काठमाडौँ जाने यो मार्ग सबैभन्दा छोटो हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अविरल वर्षाका कारण जिल्लाका अन्य क्षेत्रमा पनि जनजीवन प्रभावित भएको छ ।

अन्यत्र झैँ मकवानपुरका ग्रामीण सडकमा पनि पहिरोको जोखिम बढेको बताइएको छ ।

टिप्पणीहरू