ट्वाइलेटमा चिप्लिएर एमाले नेताको निधन

ट्वाइलेटमा चिप्लिएर एमाले नेताको निधन

एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । घरकै शौचालयमा चिप्लिएर अहिले उनको निधन भएको हो ।

पूर्वमाओवादी नेता ढुंगेल द्वन्द्वकालिन धेरै वटा ज्यानमुध्दामा पटकपटक जेल परेका जीर्ण शरीरका धनी थिए । उनीमाथि २५ वर्षअघि ओखलढुंगामा उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोप थियो । जिल्ला अदालत ओखलढुंगाले उनी र अन्य आठ जनालाई दोषी ठहर्याएको थियो ।

त्यसपछि पुनरावेदन अदालत जनकपुरले सफाइ दियो । तर सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशमा उनलाई जेल पठाउन भनिएको थियो । तत्कालीन बाबुराम भट्टराई सरकारले ढुंगेललाई आममाफीको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

त्यसको केही समयपछि उनीमाथि न्यायाधीशमाथि आक्रमणको धम्की दिएको आरोप लाग्यो । नेकपा छुट्टिएर पुनः एमाले र माओवादी बनेपछि उनी एमालेको पोलिटब्युरो सदस्य बनेका थिए ।

टिप्पणीहरू