बाढीको उच्च जोखिममा लुम्बिनी, पश्चिममा लगातार वर्षा
आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढीको पूर्वनुमान गरिएको छ । हाल बाँके र बर्दियाका अधिकांश स्थानमा ठूलो वर्षा भइरहेको छ ।
बेलुकीसम्म थप वर्षा हुने मापन गरिएकाले बाढीको उच्च सम्भावना रहेको नेपाल बाढी सूचना केन्द्रले बताएको छ ।
लगातार वर्षाका कारण सो क्षेत्र भएर बग्ने साना नदीहरुमा पानीको बहाव उच्च बिन्दुमा पुग्ने केन्द्रको पूर्वानुमान छ ।
नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने नागरिकलाई बेलुकीसम्म सर्तकता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा अहिले वर्षा भइरहेको जनाइएको छ ।
टिप्पणीहरू