रेखा थापालाई पूर्वपतिको अग्रिम शुभकामना

रेखा थापालाई पूर्वपतिको अग्रिम शुभकामना

राप्रपाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापालाई चलचित्र निर्माता छविराज ओझाले राजनीतिक यात्रामा विजय हासिल गर्न शुभकामना दिएका छन् । पूर्वपति ओझाले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर शुभकामना दिएका हुन् ।

थापाले आज मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् । उनले पूर्वपत्नीलाई हिम्मतवाली नायिका,क्रान्तिकारीको संज्ञा दिएका छन् ।

ओझाले ‘कलिलो उमेरमै नेपाली सिने क्षेत्रमा प्रवेश गरेर नेपाली सिने क्षेत्रकै गौरव बन्न सफल–चलचित्रमार्फत् नारी आवाजलाई बुलन्द गर्दै दशौं वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिका,’ उल्लेख गर्दै लेखका छन्, ‘हाल राप्रपाको नेतृ– रेखा थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छन् ।’

रेखाको साहस,आँट र नेतृत्वदायी क्षमतालाई आफूले नजिकबाट चिनेको ओझाले बताएका छन् । उनी लेख्छन्,‘तपाईंको राजनीतिक यात्रा सफल रहनेमा ढुक्क छु । रेखाजी,तपाईंलाई जीतको लागि अग्रिम शुभकामना ।’

टिप्पणीहरू