ससुराली गएका पुरुषद्वारा बालिका बलात्कृत
मोरङमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष आज पक्राउ परेका छन् ।
बालिका करणी गरेको आरोपमा सप्तरीको सप्तकोशी नगरपालिका–१ का ३९ वर्षीय उत्सव आचार्यलाई झोराहाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।
मोरङको ग्रामथान गाउँपालिका–२ स्थित ससुराली घर गएका आचार्यले गत शुक्रबार ती बालिकालाई बलात्कार गरेका हुन् । पक्राउपछि थप अनुसन्धान र छानबिन भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू