२४ घण्टामा २७ जनामा कोरोना संक्रमण, २६ जना निको
पछिल्लो २४ घण्टामा मुलुकभर २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ४६ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।
८६७ जनामा गरिएको पीसीआर परीक्षणमा २५ जना र ६७९ जनामा गरिएको एन्टीजेन परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।
सो समयवधिमा २६ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६९ पुगेको छ ।
टिप्पणीहरू