अझै पानी पर्न छाडेन

अझै पानी पर्न छाडेन

आज पनि प्रदेश १, बागमती र लुम्बिनीका केही स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

भरे राति प्रदेश १, बागमती र गण्डकीमा सामान्य बदली हुनेछ । राति प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङसहित वर्षाको सम्भावना देखिएको छ ।

लगातारको वर्षाले कृषि, पर्यटन र पर्वतारोहणलगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

टिप्पणीहरू