भित्तो प्लास्टर गर्ने र छाना सफा गर्ने दुबै करेन्ट लागेर बिते
पर्सामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । धोबिनी गाउँपालिका–३ बस्ने ३० वर्षीय सैफुल्ला अन्सार र वीरगञ्ज महानगरपालिका–९ का ६० वर्षीय ध्रुवप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो ।
घर प्लास्टर गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका अन्सारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुगौली बिर्ताले जनाएको छ ।
त्यस्तै, साहलाई घरको छाना सफा गर्ने क्रममा करेन्ट लागेको हो । त्यसपछि घाइते भएका उनलाई आशाराम अस्पताल वीरगञ्ज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
टिप्पणीहरू