गैंडाको आक्रमणबाट घाइते महतो बिते

गैंडाको आक्रमणबाट घाइते महतो बिते

चितवनमा गैंडाको आक्रमणबाट सख्त घाइते भएका विसुन महतोको निधन भएको छ । रत्ननगरमा असोज १० गते गैंडाको आक्रमणमा परेका उनको उपचारको क्रममा आज बिहान निधन भएको हो ।

आक्रमणपछि उनको चितवन मेडिकल कलेजमा उपचार भएको थियो । हिजो थप उपचारको निम्ति काठमाडौं ल्याइए पनि आज बिहान निधन भएको बताइएको छ ।

टिप्पणीहरू