परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग चिनियाँ राजदूत हौ यान्छीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच परराष्ट्र मन्त्रालयमा दिउँसो पौने २ बजेदेखि झण्डै ४५ मीनेट कुराकानी भएको बताइएको छ ।
राजदूत हौ आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुहुन्छ । उहाँलाई चीन सरकारले इण्डोनेसियाको राजदूतमा नियुक्त गरिसकेको छ ।
टिप्पणीहरू