राष्ट्रपतिको विरोध गरौं : गृहमन्त्री, लगानी गरौं : प्रधानमन्त्री

राष्ट्रपतिको विरोध गरौं : गृहमन्त्री, लगानी गरौं : प्रधानमन्त्री

गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम भएकाले त्यसको विरोध गर्न गैरआवासीय नेपालीहरुलाई सुझाव दिनुभएको छ । आज काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभामा बोल्दै उहाँले राष्ट्रपतिको असंवैधानिक कार्यको विरोध गर्न र विधेयक प्रमाणीकरणका लागि दबाब दिन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधान विपरित नागरिकता विधेयक प्रमाणीकरण नगरेकाले गैरआवासीय नेपालीलाई नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गर्नुभयो ।

‘राष्ट्रपतिजीले यसलाई प्रमाणीकरण गर्नैपर्ने हो । पुनः पठाइएको विधेयक राष्ट्रपतिले फर्काउने व्यवस्था संविधानमा छैन । यसमा हाम्रो र गठबन्धनको निश्कर्ष राष्ट्रपतिको कदम असंवैधानिक हो,’ उहाँको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपालीहरुलाई मुलुकभित्र लगानी गर्न आग्रह गर्नुभएको छ । उहाँले गैर आवासीय नेपालीले विदेशमा नेपाली उत्पादनको विकास र पहुँच पुर्याउने कार्यमा सहयोग गर्नुपर्ने धारणा राख्नुभएको हो ।

टिप्पणीहरू