बालकोटमा नाबालिका बलात्कृत, आरोपित समातिए
भक्तपुरमा एक बालिका बलात्कृत भएकी छन् । सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने ११ वर्षीया बालिका गएराति बलात्कृत भएकी हुन् ।
बलात्कार आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका १३, घर भई हाल बौद्ध बस्ने ३५ वर्षीय रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार बालकोटमा अभिभावकसँग डेरामा बस्दै आएकी बालिकालाई सुनारले उनकै डेरामा गई जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ ।
ठिमीबाट खटिएको प्रहरी टोलीले सुनारलाई आज नियन्त्रणमा लिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू