खानेपानीको मूल्य तोकियो : जारको ४७, बोटलको १६ रुपैयाँ
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको मूल्य तोकेको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदनको आधारमा खानेपानीको अधिकतम मूल्य निर्धारण गरिएको हो ।
जसअनुसार काठमाडौं उपत्यकाभित्र एक लिटर बोटलको पानीको मूल्य १६ रुपैयाँ र २० लिटरको जारको ४७ रुपैयाँ तोकिएको छ ।
तोकिएको मूल्यभन्दा बढीमा बेच्नेलाई पनि उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने विभागले जनाएको छ । पानी र जारको गुणस्तरबारे विभागले अनुगमन थाल्ने बताएको छ ।
तोकिएको मूल्यभन्दा बढि लिन खोजेमा विभाग मातहतका कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशानसन कार्यालय वा स्थानीय तहलाई सूचित गराउन विभागले अनुरोध गरेको छ ।

टिप्पणीहरू