पारस र हिमानीपुत्रीले गरिन् कुकुर आश्रयस्थलको उद्घाटन

पारस र हिमानीपुत्रीले गरिन् कुकुर आश्रयस्थलको उद्घाटन

पूर्वयुवराज पारस शाह तथा पूर्वयुवराज्ञी हिमानीपुत्री पूर्णिका शाहले सडक कुकुर र बिरालोको आश्रयस्थल उद्घाटन गरेकी छन् । उनले धरानमा बनाइएको उक्त आश्रयस्थलको हिजो उद्घाटन गरेकी हुन् ।

आफू जनावरप्रेमी भएको पूर्णिकाको भनाइ छ । बेवारिसे जनावरको निम्ति ‘आत्मोत्सर्ग नेपाल’मा आबद्ध भएर उनीहरुको संरक्षणमा लागिपरेको पनि बताएकी छन् ।

सुरक्षा र शोखको निम्ति कुकुर पाल्ने चलन उल्लेख गर्दै पूर्णिकाले भनिन् ‘नेपालमा कुकुरलाई पूजा गर्ने चलन पनि छ । त्यसैले उनीहरुको सेवामा लागेको छु ।’

आश्रयस्थल धरान उपमहानगरपालिका १९, जिमी चोकमा बनाइएको छ ।

टिप्पणीहरू