प्रधानमन्त्रीलाई भेटेपछि सञ्चारमन्त्री टिचिङ अस्पतालमा
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटलगत्तै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,महाराजगञ्ज पुग्नुभएको छ । उहाँले हिजो बिहान पौने ११ बजेदेखि पौने १२ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको थियो ।
उक्त भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण पनि उपस्थित हुनुभएको उच्च स्रोतको दाबी छ । त्यहाँबाट १२ बजेको हाराहारीमा निस्कनुभएका मन्त्री कार्की सोझै शिक्षण अस्पताल, महाराजगञ्ज जानुभएको थियो ।
अस्पतालमा उपचार गराइरहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्त्री कार्कीले सवा १२ बजेको समयमा एनेक्स २ को बेड नम्बर ६०१ मा पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको बताइन्छ । त्यहाँ बाट उहाँ पौने १ बजेको समयमा बाहिरिनुभयो ।
मन्त्री कार्की बाहिरिएको केही समयपछि राष्ट्रपति भण्डारी पनि डिस्चार्ज हुनुभएको थियो । उहाँ अहिले राष्ट्रपति निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ ।
टिप्पणीहरू