महानगरपछि प्राधिकरण तात्यो, सार्वजनिक भवनहरुको नक्सा मागियो

महानगरपछि प्राधिकरण तात्यो, सार्वजनिक भवनहरुको नक्सा मागियो

काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र निर्माण भएका सार्वजनिक भवनहरुको नक्सा मागेको छ ।

प्राधिकरणले व्यापारिक, संयुक्त आवास, सामूहिक आवास, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक रुपमा प्रयोग भइरहेका भवनहरुको नक्सा माग गरेको हो ।

असोज ३० गतेभित्र नक्सालगायत अन्य कागजात पेश गर्न सम्बन्धित सबैलाई आग्रह गर्दै प्राधिकरणले सूचना जारी गरेको छ । जारी सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण व्यापारिक भवन, संयुक्त आवास, सामूहिक आवास, शिक्षण संस्था एवं स्वास्थ्य संस्थालगायतका सार्वजनिक प्रयोग भइरहेका भवनहरुको सम्बन्धित व्यक्तिहरुले आफूसँग सम्बन्धित जग्गा तथा संरचनाहरुको नाप नक्सालगायत कागजात पेश गर्न जानकारी गराइन्छ ।’

सहरीकरणको क्रममा बनाइका मापदण्डहरु कार्यान्वयन भए–नभएको निरीक्षण गर्नका ती भवनको नक्सा मागिएको प्राधिकरणले बताएको छ ।

टिप्पणीहरू