नक्कली प्रहरीले ठगेकोबारे सक्कली प्रहरी अन्जान
मोरङमा एक युवकले आफू प्रहरीको हाकिम भन्दै व्यापारीसँग रकम मागेको अडियो सार्वजनिक भएको छ । अडियो सार्वजनिक भएसङ्गै ती युवक ठगी आरोपमा पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–२ का २९ वर्षीय रविन घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनले केही समयदेखि विराटनगरका केही व्यापारीसँग आफू प्रहरीको हाकिम भन्दै रकम मागेको तथ्य अनुसन्धानबाट खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय, मोरङका नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार उनले विभिन्न व्यापारीसँग रकम मागे पनि रकम लिन नभ्याएको देखिन्छ । उनले भने, ‘घिमिरेले फोनमा रकम मागेको पुष्टि भएको छ तर लिएको पुष्टि भइसकेको छैन । यद्यपी हामीले यसबारे थप अनुसन्धान गरिरहेका छौं ।’
घिमिरेलाई हिजो साँझ नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।
टिप्पणीहरू