बागी उम्मेदवारी झिक्नेलाई बालुवाटारबाट धन्यवाद
आगामी निर्वाचनको निम्ति बागी उम्मेदवारी मनोनयन गरे पनि आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिनेलाई सत्ता गठबन्धनका शीर्ष नेताले धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्तिमार्फत धन्यवाद दिएका हुन् ।
विज्ञप्तिमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव सर्लाही क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवार हुनुभएको पनि जानकारी गराइएको छ ।
उता सर्लाही क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा सुनिल साह र प्रदेशसभा २ मा कौशलकिशोर राय यादव पनि सत्ता गठबन्धनको साझा उम्मेदवार भएको प्रष्ट पारिएको छ ।

टिप्पणीहरू