बोल्न थाल्नुभयो शताब्दी पुरुष

बोल्न थाल्नुभयो शताब्दी पुरुष

१०३ वर्षीय वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको छ ।

किष्ट अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सामान्य सुधार आएको निर्देशक सुरज बज्राचार्यले बताएका छन् । छातीमा निमोनिया संक्रमण देखिएको हुनाले एन्टिबायोटिक्स कोर्स भने निरन्तर जारी रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले आज विज्ञप्ति जारी गर्दै मुटुको चालसम्बन्धी समस्याको उपचार भइरहेको जानकारी गराएको छ । जोशी सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा आएको उल्लेख गर्दै अस्पतालले कमजोरी कायमै रहेकाले डिलक्स क्याबिनमा सारेर उपचार गरिरहेको जनाएको छ ।

जोशीलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको हो । विगत १९ दिनदेखि उहाँ उपचाररत हुनुहुन्छ । स्वास्थ्य निरीक्षणका निम्ति विशेषज्ञ डाक्टरहरु खटिएका छन् ।

टिप्पणीहरू