खोला किनारमा बस्ने सुजाता लालाबालासहित मृत फेला

खोला किनारमा बस्ने सुजाता लालाबालासहित मृत फेला

बारामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । प्रसौनी गाउँपालिका-५ प्रस्टोका गाँउभन्दा २ किलो मिटर उत्तरस्थितमा ढोरा खोला किनारमा आज दिउँसो साढे २ बजे उनीहरुको शव भेटिएको हो ।

सोही खोला किनारमा बस्ने दिपेन्द्र चौधरीकी श्रीमती सुजाता,छोरी ताहिरा र १६ महिने छोरा राजवीर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक तीनै जनाको मुचुल्का उठाई अनुसन्धान थालेको छ ।

टिप्पणीहरू