एमालेको टिकट त्यागेर स्वतन्त्र उठेका प्रभुलाई चापाकल चिन्ह
नेकपा एमालेको आधिकारिक टिकट छोडेर रौतहट-३ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र रुपमा उम्मेदवारी दिएका प्रभु साहले चापाकल चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले आज साहलाई चापाकल चुनाव चिह्न दिएको हो ।
एमाले-जसपा चुनावी तालमेलप्रति असन्तुष्ट रहेका माओवादी पृष्ठभूमिका नेता साहले असोज २३ गते मनोनयन दर्ताको दिन एमालेको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनीसहित उनी पक्षधर झन्डै दुई दर्जन नेताले मधेसका विभिन्न क्षेत्रमा संघ तथा प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
टिप्पणीहरू