कांग्रेसका सबै बागी ५ बर्षलाई निश्कासित

कांग्रेसका सबै बागी ५ बर्षलाई निश्कासित

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने चुनावमा बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निश्कासन गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निश्कासन गरिएको जानकारी गराएका हुन् ।

गठबन्धनका दलले हिजो मंगलबार नै निर्देशन दिएर आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर केही नेताले उम्मेदवारी फिर्ता नलिएकाले कांग्रेसको विधान र आन्तरिक कानुनअनुसार पाँच वर्षका लागि निश्कासन गरिएको पौडेलेले बताए ।

टिप्पणीहरू