सन्दिपलाई आज म्याद थप्न चौकीबाट अदालततिर
उमेर नपुगेकी किशोरी बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दिप लामिछानेलाई पुनः म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालत लैजाने तयारी छ ।
नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दशैं टीकाको भोलिपल्ट काठमाडौं विमानस्थलमा उत्रिएका उनलाई पुनः म्याद थपको निम्ति अदालतमा उपस्थित गराउन लागिएको हो ।
सोमबार मात्रै अदालतले सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
पक्राउ परेको दिनदेखि लागू हुने गरी थप गरिएको म्याद आज समाप्त हुँदैछ । हाल उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
गत भदौ २१ गते पीडित बालिकाका आफन्तले प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी दर्ता गराएकी थिए ।
टिप्पणीहरू