साढे नौ किलो चरेसको पोकैपोका
प्रहरीले पर्सामा चरेससहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–८ रेल्वेरोडबाट उनीहरु चरेससहित समातिएका हुन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने १९ वर्षीय करण राय र २० वर्षीय राज चौरासिया चरेस तस्करीको आरोपमा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले पैदल हिँडिरहेका उनीहरुको झोला खानतलासी गर्दा करणले बोकेको झोलाभित्र नौ किलो पाँच सय ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दीपक गिरिले जानकारी दिए ।
दुवै जनामाथि थप अनुसनधान भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू