चुनावको तयारीवीच वासिङ्ग्टन पुग्नासाथ अर्थमन्त्री दङ्ग
हाल अमेरिकामा रहनुभएका अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग नियोग (युएसएआईडी) का अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको छ । मन्त्री शर्मा विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अस्ति राती त्यता जानुभएको हो ।
अमेरिकी सहयोग नियोगको मुख्यालय वासिङ्ग्टन डिसीमा प्रमुख प्रशासक समान्ता पावरसँग भेटघाट भएको बताइएको छ । उहाँहरुबीच पछिल्लो समयमा घनिष्ट हुँदै गएको सहयोगलाई थप कसिलो बनाउन उपयुक्त आधारशीला तय गर्ने सहमति भएको जानकारी दिइएको छ ।
भेटघाटमा अर्थसचिव कृष्णहरि पुष्कर र अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसमेत रहेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।
टिप्पणीहरू