भक्तपुरमा मतपत्र छाप्न थालियो

भक्तपुरमा मतपत्र छाप्न थालियो

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा प्रयोग हुने मतपत्र छाप्ने कार्य थालेको छ ।

हिजो साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेपछि मतपत्र छाप्न थालिएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाईको जिम्मा दिएको छ ।

प्रदेश र संघको निर्वाचनमा झण्डै आठ करोड थान मतपत्र छापिने छ । त्यसमा प्रत्यक्ष र समानुपातिक दुबैतिर चार चार करोड थान हुने छ ।

भक्तपुरको सानोठिमीमा मतपत्र छाप्ने ठाउँमा सुरक्षार्थ ११५ वटा सिसिटिभी, दुई सय कर्मचारी र डेढ सय सुरक्षाकर्मी राखिएको छ ।

टिप्पणीहरू