राष्ट्रपति बिरामी भएपछि उपराष्ट्रपति पोखरामा

राष्ट्रपति बिरामी भएपछि उपराष्ट्रपति पोखरामा

उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा जानुभएको छ । उहाँ दिउँसो ३ बजे नियमित उडानबाट त्यता जानुभएको हो । उपराष्ट्रपति पुन बुद्ध एअरको उडानमा पोखरा जानुभएको विमानस्थलस्थित स्रोतले बतायो । उहाँसँगै श्रीमती पनि पोखरा जानुभएको छ ।

भोलिदेखि पोखरामा नवौं राष्ट्रिय खेलकुद शुभारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ हुनुभएकाले उपराष्ट्रपति पुनले उक्त प्रतियोगिताको उदघाटन गर्न लाग्नुभएको हो ।

यसअघिको राष्ट्रिय खेलकुद उद्घाटन तत्कालीन राष्ट्रपति रामवरण यादवले गर्नुभएको थियो । पहिले राजा वीरेन्द्रबाट उद्घाटन हुने गर्थ्यो ।

टिप्पणीहरू