नदी किनारमा सवा क्वीण्टल सुपारी
झापामा एक सय २० केजी सुपारी समातिएको छ । अवैध बाटोबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा आज बिहान उक्त सुपारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय, काकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका–६, मेची नदीको किनारबाट एक क्विण्टल बढी सुपारी बरामद गरेको झापाका डिएसपी वसन्त पाठकले बताए ।
बरामद सुपारीको मूल्य ८० हजार रुपैयाँ रहेको बताइएको छ । भारत लैजान खोज्ने व्यक्ति फेला नपरे पनि बरामद सुपारी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।
टिप्पणीहरू