अत्तोपत्तो बिनाको ११ लाख ओसार्दाओसार्दै एअरपोर्टबाट गिरफ्तार
स्रोत नखुलेको झण्डै ११ लाख रुपैयाँसहित विमानस्थलबाट भारतीय नागरिक समातिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको उडानबाट धनगढी जान लागेका ५० वर्षीय मोहम्मद तसलिमलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको झोला विमानस्थलको आन्तरिक विमानस्थलतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको १० लाख ७० हजार रुपैयाँ फेला परेको प्रहरीले बताएको छ । साथबाट नेपाली रूपैयाँ एक हजार दरको आठ सय १६ थान र पाँच सय दरको पाँच सय आठ थान रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेका तसलिमलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।
टिप्पणीहरू