कागजका पोका छोडेर, पैसा ठगी फरार
सदरमुकाम धादिङवेशी स्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएका छन् ।
पोखरा घर भएका बताउने र सिङगापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सन्चालकसँग उल्टै पैसा मागेर फरार भएका हुन् । महंगा सामानहरु भएको झोला होलमै राखिदिनुस्,एकछिन बजार घुमेर आउँछु, भनेर होटल सन्चालक सेती गुरुङसंग ११ हजार नगद लिएर एकाएक गायव भएका हुन् ।
शुक्रबार ती व्यक्तिले छोडेको झोला शनिवार दिउँसो खोलेर हेर्दा खोलेर हेर्दा कागजको पोकाहरु,सुनजस्तो देखिने नक्कली सिक्री र एउटा तन्ना भेटिएको छ । सुनौला बजारका एकजना साथीले आफूलाई युकेबाट सामान पठाएको र त्यो सामान अहिले पुर्याईदिन जान लागेको तर आफूसँग पैसा नभएकोले सामान यहि होटलमा राख्छु,पैसा सापटी दिनुहोस् भन्दै एघार हजार रुपैयाँ लिएर गएको होटल सञ्चालक गुरुङले बताएकी छन् । सुन,डलर पैसालगायत जिन्सी सामान राख्दिनु, अहिले एकछिनमा आउँछु भनेर गएको तर ती व्यक्ति फर्किएर नआएको उनले बताइन् ।
टिप्पणीहरू