प्रधानमन्त्री, प्रचण्ड र माधव आज काँडाघारी जाने
सत्तारुढ गठबन्धन दलले आज राजधानीमा प्रशिक्षण कार्यक्रम राखेको छ । काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा दिइएको उम्मेदवारीबारे जानकारी तथा राजनीतिक प्रशिक्षण दिन लागिएको बताइएको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र काँग्रेस नेता प्रकाशमान सिंहको उपस्थितिमा काडाँघारीमा कार्यक्रम हुने जानकारी दिइएको छ ।
कार्यक्रम दिउँसो १ बजे काडाँघारीमा हुने माओवादी केन्द्रका काठमाडौं, जिल्ला इञ्चार्ज कुमार पौडेलले जानकारी दिएका छन् ।
टिप्पणीहरू