कोलमतेश्वर सहकारीको साधारणसभा सकियो

कोलमतेश्वर सहकारीको साधारणसभा सकियो

कोलमतेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको गोठाटारमा रहेको उक्त सहकारीले हिजो साधारणसभा सम्पन्न गरेको हो ।

उक्त सहकारीमा हाल चार हजार पाँच सय शेयर सदस्य छन् । उक्त सहकारीले एक वर्षमा कुल २९ करोड ५० लाख रुपैयाँको कारोबार गर्न सफल भएको प्रतिवेदमा उल्लेख छ ।

सहकारीले झण्डै २२ करोड बचत संकलन गरेको छ भने २१ करोड ऋण लगानी गरेको छ । मुख्य कार्यालयसहित एक सेवा केन्द्र सञ्चालनमा रहेको सहकारीले सदस्य वृद्धिको लक्ष्यलाई अगाडि सार्दै साँखुमा अर्को सेवा केन्द्र विस्तार गर्ने योजनासमेत बनाएको जानकारी दिइएको छ ।

साधारणसभामा जेष्ठ नागरिक सेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, असल कारोबारी र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । सेयर सदस्यहरुलाई सहकारी अवलोकन भ्रमण, वृद्ध सदस्यलाई तीर्थाटनलगायतका कार्यक्रम गर्ने जनाइएको छ ।

टिप्पणीहरू