साढे २ करोड जरिवाना सुनाइएका उपाध्याय नक्सालमा फेला

साढे २ करोड जरिवाना सुनाइएका उपाध्याय नक्सालमा फेला

बैंकिङ कसूरका फरार प्रतिवादी दुई महिनापछि पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१, नक्साल बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका–५ घर भएका ५० वर्षीय ब्रजेश उपाध्याय बैंकिङ कसूर मुद्दामा आज समातिएका हुन् ।

उनीविरुद्व उच्च अदालत पाटनले गत साउन २३ गते बैंकिङ कसूर मुद्दामा दुई महिना १५ दिन कैद, १० लाख ४६ हजार २०७ रुपैयाँ क्षतिपूर्ति र दुई करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

फैसलालगत्तै फरार भएका उपाध्यायलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको टोलीले नक्सालबाट पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू