निर्वाचनवारे प्रहरीलाई प्रधानमन्त्रीबाटै निर्देशन

निर्वाचनवारे प्रहरीलाई प्रधानमन्त्रीबाटै निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउन निर्देशन दिनुभएको छ । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिलाई समयानुकूल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने भन्दै उक्त निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले प्रहरीलाई आगामी दिनमा थप आधुनिक,व्यवसायिक, श्रोत,साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो । प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गर्दै जानुपर्नेमा उहाँले विशेष जोड दिनुभएको छ ।

‘नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक,व्यवसायिक, श्रोत,साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध छ,‘ प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गरी जान आवश्यक छ । यसका लागि आवश्यक योजना अघि बढाउन गृहमन्त्रालयलाई पनि निर्देशन दिन्छु ।‘

आसन्न निर्वाचन शान्तिपूर्ण बनाउने जिम्मेवारी नेपाल प्रहरीको भएको भन्दै देउवाले ऐन,कानूनले दिएको आफ्नो अधिकार प्रयोग गर्न निर्देशन दिनुभयो ।

टिप्पणीहरू