निजामतीको हावाले छोएको हो सेनालाई ?

निजामतीको हावाले छोएको हो सेनालाई ?

प्रधानसेनापति प्रभुराम शर्माको पालामा एउटा नयाँ चलनले प्रश्रय पाएको छ । एक ठाउँ सरुवा भएका जर्नेल कार्यभार सम्हाल्न नपाउँदै अर्को ठाउँ पुगेका छन् । केही हप्ताअघि हेटौँडा पृतनामा सरुवा भएका जर्नेल विजय थापा बीचैमा पदस्थापन हुन पुगेका छन् भने धनगढीको पोष्टिङ पाएका जर्नेल हिमनाथ दवाडी पहिला पहिला निजामती कर्मचारीहरूको सरुवा पत्र बाटैमा हराउँथ्यो भन्ने सुनिए पनि नेपाली सेनामा पनि यस्तो चलनले ठाउँ पाएको हो ।
दुई तारेको बदला एक तारे

नेपाली सेनामा रहेको कल्याणकारी कोष, वार कलेज, राष्ट्रिय निकुञ्ज र पर्यावरण, कम्ब्याट सपोर्ट र सर्भिस सपोर्टलगायत चार महानिर्देशनालय कमाण्डरको रुपमा रहेका दुईतारे जर्नेल पृतनाहरूमा सरुवा भई गएपछि सो पदमा एकतारे जर्नेलले मोर्चा सम्हाल्ने भएका छन् । यी पदको कमाण्ड दुईतारे जर्नेलबाट घटाएर एक तारे जर्नेललाई दिइने निर्णय भएको छ ।

यो निर्णयसँगै कल्याणकारी २८ नम्बर बाहिनीका ब्रिगेडियर हिम्मत विष्ट, नगरकोटस्थित वार कलेजमा आसबहादुर गुरुङले सम्हाल्ने भएका छन् । गुरुङ बढुवाको सूचीमा समेत रहेका छन् ।

घर गए ट्वाइसी कार्की

नेपाली सेनाका टुआइसी अर्थात् दोस्रो कमाण्डका जर्नेल बालकृष्ण कार्की भोलि अर्थात् असोज २७ गते सेवानिवृत्त भएका छन् ।  सँगै अर्का जर्नेल गोकुल भण्डारीले पनि पेन्सन पकाउने बेला भएको छ । उनी पनि यसै हप्ता घर जाँदै छन् ।

सेनापति प्रभुराम शर्माको सचिवालयमा सैनिक सहायकको रुपमा रहेका चोक ढकाल कोर्षमा जाँदैछन् भने उनको बदलामा पुरानो राजदलका सुरज गुरुङले पदभार सम्हाल्ने भएका छन् । पूर्वप्रधानसेनापति थापा दसैंको छेको पारेर अमेरिकाबाट फर्किएका छन् । उनका एक छोरा अमेरिकाको बाल्टिमोर र अर्को छोरा नेपालमा बस्दै आएका छन् ।

टिप्पणीहरू