नवलपरासीबाट सयौं बोरा चिनी बरामद

नवलपरासीबाट सयौं बोरा चिनी बरामद

सशस्त्र प्रहरीले पश्चिम नवलपरासीबाट अवैध चिनीसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रतापुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा–परासी राजमार्गबाट सशस्त्र प्रहरी बलले आज बिहान दुई वटा ट्रकमा लोड गर्दै गरेको अवस्थामा ८४० बोरा अवैध चिनी बरामद गरेको जनाइएको छ ।

सशस्त्र प्रहरीका अनुसार ना.६ख २१९७ र लु.१ख ९८७१ नम्बरको ट्रकमा लोड गर्दै गरेको चिनी र ट्रक बरामद गरिएको छ ।

बरामद चिनीसहित ट्रकलाई आवश्यक कारबाहीको निम्ति महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

टिप्पणीहरू