बेलायतमा एउटीको राजीनामालगत्तै अर्कीको नियुक्ति
बेलायती गृृहमन्त्री सुएला ब्रेभरम्यानले राजीनामा दिएकी छन् । कट्टरपन्थी सुएलाको राजीनामापछि प्रधानमन्त्री लिज ट्रसको सरकारमा थप अस्थिरता बढेको बताइएको छ ।
राजीनामामा ब्रेभरम्यानले आफूबाट केही कानुन उल्लंघन भएको स्वीकार्दै गल्ती भएकाले जिम्मेवारी स्वीकार गरेर राजीनामा गरेको उल्लेख गरेकी छन् ।
उनी दोस्रो विश्वयुद्धपछि बेलायतमा सबैभन्दा छोटो समयको गृहमन्त्री बनेकी छन् । यसअघि चान्सलरबाट क्वासी क्वार्टेंगको राजीनामा आएको थियो ।
यसैबीच प्रधानमन्त्री लिजले प्रीति पटेललाई नयाँ गृहमन्त्रीमा नियुक्त गरेकी छन् । पटेल बेलायतमा आफ्नो मूलकी पहिलो व्यक्ति गृहमन्त्री बनेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
टिप्पणीहरू