बिरामी बोक्ने एम्बुलेन्समा तस्करीका सामान

बिरामी बोक्ने एम्बुलेन्समा तस्करीका सामान

बिरामी बोक्ने एम्बुलेन्सबाट प्रहरीले तस्करीका सामान बरामद गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–१७ बाट भन्सार छलेर एम्बुलेन्समा ल्याइएका किराना सामानहरु प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

श्री माई भ्याली बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित मे.१ च.३५० नम्बरको एम्बुलेन्समा भारतको जयनगरबाट जनकपुरतर्फ किराना सामान राखेर ल्याइएको बताइन्छ । सोही क्रममा स्थानीयहरुबीच वादविवाद भएपछि प्रहरी त्यहाँ पुग्दा एम्बुलेन्समा २५ लाख २५ हजार १६० रुपैयाँ मूल्य पर्ने सामान फेला परेको हो ।

फरार चालकको खोजी भएको र एम्बुलेन्ससहित बरामद सामान भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू